Nepali Maan TV
'

सन्दीपदेखि रोहितसम्म ९ खेलाडी ‘टिम एक्सट्रीम’मा


Author Image
मङ्गलवार, असोज २०, २०८३ १२:२६

नेपाली राष्ट्रिय क्रिकेट टोलीका ९ जना चर्चित खेलाडी अब ‘टिम एक्सट्रीम’मा आबद्ध भएका छन्। एक्सट्रीम इनर्जी ड्रिंकले नेपाली क्रिकेटको विकास, खेलाडीको प्रोत्साहन र युवालाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले उनीहरूलाई आफ्नो ब्रान्डसँग जोडेको हो।

काठमाडौंको एभरेष्ट होटलमा आयोजित कार्यक्रममा एक्सट्रीम इनर्जी ड्रिंक र ९ खेलाडीबीच औपचारिक सम्झौता भएको हो। सम्झौतापछि सन्दीप लामिछाने, रोहित पौडेल, सोमपाल कामी, आसिफ शेख, ललित राजवंशी, शेर मल्ल, ईशान पाण्डे, करण केसी र लोकेश बम ‘टिम एक्सट्रीम’का सदस्य बनेका छन्।

अब यी खेलाडीले प्रयोग गर्ने क्रिकेट ब्याटमा एक्सट्रीम इनर्जी ड्रिंकको लोगो रहनेछ। साथै, कम्पनीले आयोजना गर्ने विभिन्न प्रवद्र्धनात्मक, ब्रान्ड तथा खेलकुदसम्बन्धी कार्यक्रममा पनि उनीहरूको सहभागिता रहनेछ।

कम्पनीले खेलाडीहरूको लोकप्रियता र युवापुस्तामा उनीहरूको प्रभावलाई ध्यानमा राखेर यो सहकार्य गरिएको जनाएको छ। यसबाट नेपाली क्रिकेटको विकाससँगै खेलाडीलाई प्रोत्साहन गर्न र युवालाई खेलकुदतर्फ आकर्षित गर्न सहयोग पुग्ने कम्पनीको विश्वास छ।

कार्यक्रममा एक्सट्रीम इनर्जी ड्रिंकले नेपाल प्रिमियर लिग अर्थात् एनपीएलका ७ टोलीलाई समेटिएको विशेष संस्करणको क्यान पनि सार्वजनिक गरेको छ। एनपीएलका सम्बन्धित टोलीको पहिचान र समर्थकको क्रिकेटप्रतिको उत्साहलाई समेटेर विशेष क्यान तयार गरिएको कम्पनीले जनाएको छ।

यसबाट क्रिकेटप्रेमी र समर्थकमाझ आफ्नो उपस्थिति अझ बलियो बनाउने कम्पनीको विश्वास छ। एक्सट्रीम इनर्जी ड्रिंकले आगामी दिनमा पनि क्रिकेटलगायत विभिन्न खेलकुद गतिविधिमा सहकार्य र सहभागितालाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया (२)

सम्बन्धित खबर