Nepali Maan TV
'

गायक अशिम कुमार कटुवालको नयाँ लोकदोहोरी गीत ‘कसम बिध्यानास’ सार्वजनिक


Author Image
शुक्रवार, चैत १४, २०८१ १२:००

काठमाडौं । नेपाली लोकसंगीतको उन्नतिमा निरन्तर योगदान दिँदै आएका गायक तथा सर्जक अशिम कुमार कटुवालले नयाँ लोकदोहोरी गीत ‘कसम बिध्यानास’ सार्वजनिक गरेका छन्। यसअघि पनि थुप्रै चर्चित गीत बजारमा ल्याइसकेका कटुवाल पछिल्लो समय विभिन्न जिल्लाका महोत्सवहरूमा समेत सक्रिय रहेका छन्।

नवीनतम गीत ‘कसम बिध्यानास’ मा अशिम कुमार कटुवाल र कल्पना पराजुलीको सुमधुर स्वर सुन्न सकिन्छ। उक्त गीतको लय कल्पना पराजुलीले भरेकी हुन् भने शब्द स्वयं गायक अशिमकै रहेको छ। संगीत संयोजन बिष्णु तामाङले गरेका छन्।

रोमान्चक स्वादमा तयार पारिएको गीतको म्युजिक भिडियोमा चर्चित मोडल कुमार सुनेल र निहारिका थापाले अभिनय गरेका छन्। मोडल कुमार नेपाली गीतसंगीतको क्षेत्रमा स्थापित नाम हुन्, जसले थुप्रै चर्चित गीतहरूमा अभिनय गरिसकेका छन्।

अशिम कुमार कटुवालको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भएको ‘कसम बिध्यानास’ गीतको म्युजिक भिडियोलाई निरेन श्रेष्ठले निर्देशन गरेका हुन् भने छायांकन चक्र बहादुर बराल र सम्पादन विष्णु खड्काले गरेका छन्।

लोकदोहोरी पारखीहरूका लागि विशेष उपहारका रूपमा आएको यो गीतलाई राम्रो प्रतिक्रिया मिल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया (३०)

सम्बन्धित खबर