गोरखा, बारपाक – चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युटले हेड्स नेपालसँगको सहकार्यमा गोरखा जिल्लाको सुलिकोट गाउँपालिका–३, बारपाकमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ।
शनिबार आयोजित उक्त शिविरमा करिब ३०० जना बिरामीहरूले निःशुल्क स्वास्थ्य सेवा लिएका थिए। स्वास्थ्य शिविरमा जनरल फिजिसियन, स्त्रीरोग विशेषज्ञ तथा अन्य विशेषज्ञ डाक्टरहरूको टोलीले सेवा प्रदान गरेका थिए।

चिरायु अस्पतालको मेडिकल टोलीले दुर्गम क्षेत्रमा पुगेर स्थानीयलाई प्रत्यक्ष स्वास्थ्य सेवा उपलब्ध गराएको हो। यस निःशुल्क स्वास्थ्य शिविरबाट बारपाक क्षेत्रका स्थानीय बासिन्दाहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सहज भएको आयोजक संस्थाहरूले जनाएका छन्।

स्थानियवासीहरूले चिरायु हस्पिटल र हेड्स नेपाललाई धन्यवाद दिँदै यस्ता अभियानहरू आगामी दिनमा पनि निरन्तर हुनुपर्ने अपेक्षा व्यक्त गरेका छन्।


