कास्की । रूपा गाउँपालिकामा साहित्य, कला तथा संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको रूपा वाङ्मय प्रतिष्ठानले आफ्नो प्रथम अधिवेशन सम्पन्न गरेको छ। अधिवेशनले गीतकार आदर्श पोखरेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
नवगठित कार्यसमिति:
• अध्यक्ष: आदर्श पोखरेल
• उपाध्यक्ष: चित्रकार जित ब. थापा
• सचिव: मदन घिमिरे
• सह-सचिव: सुजन गौतम
• कोषाध्यक्ष: बिना ढुङ्गाना
• सदस्यहरू: पार्थराज सुवेदी, बिबेक अधिकारी, महेश्वर घिमिरे, माधव सुवेदी, शर्मिला बसौला, विश्वाश बि.क.

कार्यक्रममा रूपा गाउँपालिका वडा नं ३ का वडाध्यक्ष दिपेन्द्र गौतम र वडा नं ७ का वडाध्यक्ष कृष्ण सुवेदीले प्रतिष्ठानको समग्र विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन गर्दै रूपा गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङले प्रतिष्ठानले रूपा गाउँपालिकाको सामाजिक र सांस्कृतिक विकासमा महत्वपूर्ण योगदान दिनुपर्नेमा जोड दिए।

अधिवेशनको निर्वाचन मण्डलको संयोजकमा तीर्थराज लामिछाने, तथा सदस्यहरूमा हरि ब. लामिछाने र मोहम्मद मोहसिन मिया रहेका थिए। कार्यक्रमको सञ्चालन सचिव मदन घिमिरेले गरेका थिए भने शुभकामना मन्तव्य चन्द्रमणी पौडेल, नवराज बराल, बिमल बाबु न्यौपानेलगायतले व्यक्त गरे।
यस अधिवेशनले रूपा गाउँपालिकाको साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा नयाँ दिशा निर्देश गर्ने अपेक्षा गरिएको छ।

