कास्की । ‘रूपा वाङ्मय प्रतिष्ठान’ले आफ्नो प्रथम अधिवेशन माघ १९ गते रूपा गाउँपालिका–६ भीरचोक, कास्कीमा आयोजना गर्ने भएको छ।
प्रतिष्ठानले रूपा गाउँपालिका भित्रका साहित्य, संगीत, कला तथा वाङ्मय क्षेत्रका अग्रज र अनुजलाई एउटै छातामुनि आबद्ध गराई कार्यक्रम सञ्चालन गर्ने र यस क्षेत्रको विकासमा योगदान पुर्याउने उद्देश्य लिएको छ।
प्रतिष्ठानले कास्की जिल्लालाई आफ्नो कार्यक्षेत्र बनाई विधिवत रूपमा जिल्ला प्रशासन कार्यालय कास्कीमा दर्ता भई रूपा गाउँपालिकामा सूचिकृत भइसकेको छ।
साहित्य, संगीत, कला तथा वाङ्मय प्रेमीहरूलाई आजीवन वा साधारण सदस्यता लिएर संस्थामा जोडिनका लागि हार्दिक आग्रह गर्दै प्रतिष्ठानले सहभागी भई अधिवेशनलाई सफल बनाउन अपिल गरेको छ।
तदर्थ समितिले संस्थाको नेतृत्वलाई नयाँ उचाइमा पुर्याउनका लागि ऊर्जा र सृजनशीलताले भरिपूर्ण कार्यसमिति गठन गर्ने तयारी गरिरहेको जानकारी दिएको छ।

