कास्की । पोखरामा रहेर नेपाली गीत संगीत तथा कला संस्कृतिको संरक्षणमा लागि परेको रुपा वाङ्मय प्रतिष्ठानले नयाँ सदस्यता आवेदन खुल्ला गरेको छ । प्रतिस्ठानले बुधबार एक सुचना प्रकाशित गर्दै आजिवन तथा साधारण सदस्यता लिन चाहनेका लागि आवेदन खुल्ला गरेको जानकारी गराएको हो ।
सदस्यता लिन इच्छुकले प्रतिष्ठानको सामाजिक संजाल(मेसेन्जर) ग्रुपमा सम्पर्क गरेर वा प्रतिष्ठानका सम्बन्धित ब्यक्तिसँग सम्पर्क गरेर सदस्यता लिन सक्ने प्रथिष्ठानका तदर्थ समिति संयोजक आदर्श पोखरेलले जानकारी दिए ।
सदस्यताका लागि आदर्श पोखरेल(९८४६२८४८२५) र मदन घिमिरे(९८४६०००११३) मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।


