Nepali Maan TV
'

अपहरणमा परेकी महिलाको चाल्नाखेलबाट उद्धार


Author Image
बुधवार, कार्तिक ७, २०८१ ७:१८

काठमाडौं । काठमाडौँको कोटेश्वरबाट अपहरणमा परेकी महिलालाई प्रहरीले ललितपुरको चाल्नाखेलबाट उद्धार गरेको छ । कोठामा सामान्य अवस्थामा बसिरहेको अवस्थामा ती महिलाको उद्धार गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले जानकारी दिए ।

अहिले ती महिलालाई प्रहरी कार्यालयमा ल्याइएको छ । । उद्धारका लागि गएका प्रहरी अधिकारीका अनुसार एक महिलाले आफ्नो पुरुष सहयोगीलाई लिएर कोटेश्वरबाट पठाओमार्फत पीडित भनिएकी महिलालाई आफ्नो कोठामा पुर्याएकी थिइन् । त्यसरी लैजाने महिलाले कुराकानी गर्नु छ भन्दै लगेकी थिइन् । प्रारम्भिक रुपमा लेनदेनको विषयमा विवाद देखिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पीडित भनिएकी महिलामार्फत चिनेका व्यक्तीले पोर्चुगल लैजान्छु भन्दै २१ लाख रुपैयाँ लिएका थिए । त्यसमध्ये ५ लाख रुपैयाँ उनीहरुले फिर्ता पाएका थिए ।

पोर्चुगल पनि नउडाएको र बाँकी पैसा पनि फिर्ता नगरेको भन्दै बुधबार दिउँसो दुवै महिला कीर्तिपुर प्रहरीकहाँ पुगेका थिए । कीर्तिपुर प्रहरीले वैदेशिक रोजगारको विषय भन्दै वैदेशिक रोजगार विभाग पठाएको थियो ।

तर विभागमा आएका उनिहरुलाई चेक बाउन्स गरेर प्रहरीमा निवेदन दिनु भनिएपछि ती महिलालाई लिएर दुई जना आफ्नो कोठामा पुगेको अनुसन्धान अधिकारीहरु बताउँछन् ।

प्रतिक्रिया (०)

सम्बन्धित खबर