Nepali Maan TV
'

सुप्रसिद्ध गायक रामभक्त जोजिजूको ‘सिसा रहेछ’ विमोचन


Author Image
आइतवार, असोज १३, २०८१ ५:०६

पोखरा । गायक तथा संगीतकार रामभक्त जोजिजूको ‘सिसा रहेछ’ बोलको गीतको म्युजिक भिडियो विमोचन गरिएको छ । शनिबार पोखरा थिएटरमा आयोजित समारोहमा साहित्यकार सरुभक्तको हातबाट गीतको भिडियो सार्वजनिक गरिएको हो ।

तेज श्रेष्ठ ‘अन्जान’को रचना रहेको गीतमा रामभक्त जोजिजूकै संगीत र स्वर रहेको छ । गीतको भिडियोमा भने झलक थापा, नरेश केसी र सुस्मिता बन्जरा लगायतका कलाकारहरुको अभिनय रहेको छ । राम बास्तोलाको निर्देशन र सन्तोष पराजुलीको सहनिर्देशनमा निर्माण भएको भिडियोलाई दिपेश केसीले खिचेका हुन् ।

कार्यक्रममा गीतकार तथा समाजसेवी उमेश सिकेले गीत राम्रो बनेकोले सबैलाई हेर्न अनुरोध गर्नुभयो । भिडियो सार्वजनिकपछि समीक्षा गर्दै चलचित्र निर्देशक घनश्याम लामिछानेले भिडियो अति नै उत्कृष्ट बनेको र गीतको भाव अनुसार भिडियोले न्याय गरेको बताए ।

कार्यक्रममा जेई म्युजिक एकेडेमी फूलबारीका विद्यार्थीहरुले सांगितिक प्रस्तुती दिएका थिए । कार्यक्रममा पत्रकार कमल कोइराला, जे ई म्युजिकका कार्यकारी निर्देशक

प्रतिक्रिया (०)

सम्बन्धित खबर