Nepali Maan TV
'

खण्डन तथा धारणा राखिएको


Author Image
शनिवार, असोज १२, २०८१ ८:१५

काठमाडौँ । मानव बेचबिखन गरेको आरोपमा पक्राउ परि हाल धरौटीमा छुटेका सिन्धुपाल्चोक जुगल गाउँपालिका-३ का ङेमा लामाले यस विषयमा आफ्नो धारणा राखेका छन् ।

गत असार २४ गते मानब बेचविखन अनुसन्धान ब्यूरोको टोलीले लामा लाई पक्राउ गरि प्रेस विज्ञप्तीमार्फत लामाले कुवेतमा रहेकी श्रीमतीको सहयोगमा एक नेपाली युवतीलाई कुवेत पठाएर पाँच लाख रुपैयाँमा बेचविखन गरेको जनाएको थियो । यो समाचार संचार माध्यमहरुमार्फत सार्वजनिक भएपछि लामाले यसमा आफु र आफ्नो श्रीमतीको कुनै संलग्नता नरहेको धारणा राखेका छन् । उनले पीडित भनिएकी महिलालाई विमानस्थलमा सहयोग गरिदिएको भरमा आफुमाथि नियतबस उजुरी गरिएको आरोप लगाएका छन् ।

आफ्नो धारणा राख्छु भनेपछि हामीले उनको धारणालाई समावेश गरिदिएका हौँ । यो मुद्धा हाल जिल्ला अदालत काठमाडौँमा चलिरहेको र लामा धरौटीमा रिहा भएको अबस्था रहेकाले यसको निर्णय अदालतले नै गर्नेछ ।

प्रतिक्रिया (०)

सम्बन्धित खबर