Nepali Maan TV
'

‘सिसा रहेछ’ गजलको छायांकन सम्पन्न


Author Image
आइतवार, साउन १३, २०८१ १०:१७

काठमाडौँ । लोकप्रिय गायक तथा संगीतकार रामभक्त जोजिजूको ‘सिसा रहेछ’ बोलको गजल गीतको छायांकन सम्पन्न भएको छ । शनिबार पोखराको विभिन्न स्थानमा गीतको भिडियो छायांकन गरिएको हो ।

भिडियोमा झलक थापा, नरेश केसी र सुस्मिता बञ्जाराको मुख्य भूमिका रहेको भने जेई म्युजिक एकेडेमीका विद्यार्थीहरुको समेत अभिनय देख्न सकिन्छ ।

राम बास्तोलाले निर्देशन गरेको यस भिडियोलाई दिपेश केसीले खिचेका हुन् । गीतकार तेज श्रेष्ठ ‘अन्जान’को शब्द रचना रहेको गीतमा संगीत र स्वर गायक रामभक्त जोजिजूको रहेको छ ।

गीतको एरेन्ज र मीक्सिङ संजीव पालले गरेका हुन् । यो एक फरक किसिमको गजल भएकाले दर्शकस्रोताको रोजाई बन्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया (०)

सम्बन्धित खबर