पोखरा । विश्व सङ्गीत दिवसको अवसर पारेर जेई म्युजिक एकेडेमीले विशेष सांगितिक कार्यक्रम सम्पन्न गरेको छ । शनिबार पोखराको न्यूरोड स्थित पाल्पा हाउसमा विशेष सांगितिक कार्यक्रम सम्पन्न भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर ११ का अध्यक्ष प्रेम प्रसाद कर्माचार्यले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रमको सुभारम्भ ‘शुभम् कुरूत्वम् कल्यानम्’ बोलको गणेश स्तोत्रम् बाट सुरु गरिएको थियो ।

त्यसपछि वरिष्ठ गायिका साथै जेई म्युजिक एकेडेमीकी प्रशिक्षक तथा प्राज्ञ ईतु जोजिजूले आगन्तुकहरुलाई स्वागत मन्तव्यबाट स्वागत गर्नुभएको थियो ।
लामो समयदेखि सङ्गीत क्षेत्रमा योगदान पुर्याउँदै आउनुभएका गायक रामभक्त जोजिजूको अध्यक्षतामा आयोजित कार्यक्रममा जेई म्युजिक एकेडेमीका विद्यार्थीहरुको प्रस्तुती रहेको थियो । कार्यक्रममा शास्त्रीय सङ्गीत, आधुनिक गीत, भजन, लोक गायनका साथै नृत्य समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा संस्कार गौतम र तपस्या शाहीले नमान लाज यसरी गाएका थिए भने, संस्कार गौतमले भुपाली राग प्रस्तुत गरेका थिए । त्यस्तै श्री नुर बाटाजु, संजीव पाल, परविन्दर सिं, आर्जव पौडेल, डेविड गुरुङ, अभिनव पौडेल, वेदुशी सुवेदी, तेजस्वीले फूलको आँखामा बोलको गीति धुन प्रस्तुत गरेका थिए ।
त्यसैगरी सनन श्रेष्ठले म त दूर देखि आएँ बोलको गीत प्रस्तुत गरेका थिए भने निया श्रेष्ठ ले थोरै खेल, आरोही थापा र श्रेयास गुरुङ्गले यो दाजुको मिरमिरे आँखा बोलको गीत प्रस्तुत गरेका थिए । विद्यार्थीहरु बुद्धि हमाल, संस्कार गौतम, डेविड गुरुङ, विदुषी सुवेदी, सनन श्रेष्ठ, श्रेयाश गुरुङ निया श्रेष्ठ, अभिनव पौडेल, तपस्या शाही, आरोही थापा युकिना भारी, सायुरी श्रेष्ठ, यावी भारी, इबाना सुनार, श्रव्या गुरुङ लगायत सबै मिलेर सङ्गीतको सुरमा गाउँ गीत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विशेष अतिथीका रुपमा बिम्ब कवि रमेश श्रेष्ठ, त्यस्तै अतिथिहरुमा वरिष्ठ तबला बादक श्याम लाल श्रेष्ठ , गीतकार उमेश सिके लगायत अभिभावकहरुको समेत उपश्थिती रहेको थियो ।
एकेडेमीका प्रवन्ध निर्देशक समेत रहेका गायक जोजिजूले धन्यवाद ज्ञापन सहित कार्यक्रमको समापन गर्नुभएको थियो । अपरान्ह २ः३० बजेबाट सुरु भएको कार्यक्रम साँझ ५ बजे सकिएको थियो ।

