Nepali Maan TV
'

‘तिमीले मायाले बोलाउँदा’ गीतको भिडियोको शुभ मुहूर्त सम्पन्न


Author Image
आइतवार, वैशाख २, २०८१ ७:५७

पोखरा । जेई स्टुडियो एण्ड म्युजिक सप फूलबारीको व्यानरमा बन्न लागेको म्युजिक भिडियो ‘तिमीले मायाले बोलाउँदा’ बोलको गीतको भिडियोको शुभ मुहूर्त गरिएको छ । नयाँ वर्ष २०८१ को अवसर पारेर शनिबार पोखरा स्थित विन्ध्यबासिनी मन्दिरको प्राङ्गणमा शुभ मुहूर्त गरिएको हो ।

गीतमा गायक रामभक्त जोजिजू र वरिष्ठ गायिका दीपा झाको आवाज रहेको छ भने सङ्गीत रामभक्त जोजिजूको रहेको छ । गीतमा शब्द भने धनेन्द्र रसाईलीले कोरेका हुन् । गीतको भिडियोलाई आदर्श पोखरेलले निर्देशन गर्नेछन् ।

भिडियोमा सुजन लम्साल र सुस्मिता बञ्जारासँगै सोम गुरुङ, जमुना पौडेल बराललाई पनि देख्न सकिनेछ । गीतको छायांकन सन्जीव पलले गर्नेछन् ।

प्रतिक्रिया (०)

सम्बन्धित खबर