Nepali Maan TV
'

आदर्श पोखरेलको नयाँ गीत ‘मनमा तिम्रो फोटो छ’ आउँदै


Author Image
आइतवार, चैत २५, २०८० २:५१

काठमाडौँ । युवा गीतकार तथा संगीतकार आदर्श पोखरेलको नयाँ गीत ‘मनमा तिम्रो फोटो छ’ को रेकर्डिङ सम्पन्न भएको छ । शनिबार काठमाडौँ स्थित ए प्लस रेकर्डिङ स्टुडियोमा गीतको रेडर्क सम्पन्न भएको हो ।

गीतमा पछिल्लो समयकी हिट गायिका अस्मिता अधिकारी र गायक सन्दिप परियारले स्वर भरेका छन् । आदर्श पोखरलेको शब्द रचनामा रहेको उक्त गीतको संगीत र एरेन्जमेन्ट भने चर्चित संगीतकार अर्जुन पोखरेलले गरेका हुन् ।

गीतको सम्पूर्ण काम सकिएपछि केही समयमा भिडियोको छायांकन गरि बजारमा आउने गीतकार तथा संगीतकार आदर्श पोखरेलले जानकारी दिए । प्रेमकथामा आधारित उक्त गीत युवा पुस्तामाझ रुचाउने खालको भएकाले गीतले छुट्टै स्वाद दिने संगीतकार अर्जुन पोखरलको भनाई छ ।

प्रतिक्रिया (०)

सम्बन्धित खबर