पोखरा । लोकप्रिय गायक तथा संगीतकार रामभक्त जोजिजूको ‘झरनाको पानी’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । गीतको भिडियो ‘जोजिजु इन्टरटेन्मेण्ट’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
गीतको शब्द हरिकृष्ण पोखरलेले कोरेका हुन् भने संगीत स्वयम् जोजिजूकै रहेको छ । गीतको एरेन्ज भने संजीव पल एण्ड आरविजेको रहेको छ । भिडियोमा गायक जोजिजूलाई नै देख्न सकिन्छ ।
भिडियोको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने सम्पादन विकास धमलाले गरेका हुन् ।

