Nepali Maan TV
'

रामभक्त जोजिजू र ईतु जोजिजूको नयाँ गीत ‘पन्छी भए’ सार्वजनिक


Author Image
सोमवार, फागुन १४, २०८० ८:०८

काठमाडौँ । नेपाली सांगितिक क्षेत्रका लोकप्रिय जोडी गायक रामभक्त जोजिजू र गायिका ईतु जोजिजूको नयाँ गीत ‘पन्छी भए’ सार्वजनिक भएको छ। लामो समयदेखि सांगितिक क्षेत्रमा स्थापित रहेका जोजिजू दम्पत्तिले ‘मायालाई ढाका पछ्यौरी’को सफलतापछि नयाँ गीत सार्वजनिक गरेका हुन् ।

गीतकार उमेश सिकेको रचना रहेको गीतमा वरिष्ठ संगीतकार रञ्जित गजमेरको संगीत रहेको छ ।

जेई स्टुडियो एण्ड म्युजिक सप फूलबारीको प्रस्तुतीमा गीतको भिडियो ‘जोजिजू इन्टरटेनमेन्ट’ यूट्युब च्यानल मार्फत सार्वजनिक भएको छ ।


(भिडियो हेर्नुहोस्)

प्रतिक्रिया (०)

सम्बन्धित खबर