कास्की । गायक तथा संगीतकार रामभक्त जोजिजूलाई सम्मान गरिएको छ । शनिबार ह्याप्पी बोर्डिङ स्कूल मासबार पोखराले आयोजना गरेको अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रममा जोजिजूलाई सम्मान गरिएको हो ।

नेपाली सांगीतिक क्षेत्रमा विगत लामो समय देखि अनवरत योगदान पुर्याएवापत प्रमुख अतिथी गण्डकी विश्वविद्यालयका कुलपति गणेशमान गुरुङले जोजिजूलाई दोसल्ला, सम्मान पत्र र मायाको चिनो प्रदान गरेका थिए ।
कार्यक्रममा विद्यार्थीहरुको गायन नृत्य कला तथा नाटक समेत प्रस्तुत गरिएको थियो । उक्त अवसरमा गायक जोजिजूले उडेर जून, के बर मागी, मायालाई ढाका पछ्यौरी लगायतका आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेका थिए ।


