Nepali Maan TV
'

मिस युनिभर्सको स्टेजमा नेपालकी दीपिका, स्वीमसुट राउण्डमा यस्ती देखिइन्


Author Image
शुक्रवार, मंसिर १, २०८० ८:२९

काठमाडौं । विश्वकै प्रतिष्ठितमध्येको सौन्दर्य प्रतियोगिता मिस युनिभर्सको प्रारम्भिक चरणको प्रतिस्पर्धा नेपाली समयानुसार बिहीवार बिहानदेखि एल साल्भाडोरमा सुरु भएको छ ।

प्रारम्भिक चरणको प्रतिस्पर्धामा परिचय राउण्ड, पहिरन र स्वीम सुट लगायतका विधा पर्छन् । यो राउण्डमा जित निकाल्न सके अन्तिम १५ मा सीधै छनोट हुनसक्ने सुविधा छ । जसले गर्दा यो चरणमा जित निकाल्न सुन्दरीबीच प्रतिस्पर्धा हुने गर्छ ।

नेपालबाट जेन दीपिका गारेटले प्रतिस्पर्धामा भाग लिएकी छन् । यसपटकको मिस युनिभर्समा दीपिकालाई प्लस साइजकी प्रतियोगि भनेर अन्तर्राष्ट्रिय मिडियाले चर्चा गरिरहेका छन् । बिहीबार बिहान स्वीमसुट अवतारमा मञ्चमा देखिएकी दीपिकाले आफ्नो परिचय दिइन् ।

उनले नेपाल भनेर परियच दिँदा हल ताली र हुटिङले गुञ्जायमान भएको थियो । यो राउण्डमा उनी आत्मविश्वासी पनि देखिएकी थिइन् । सामाजिक संजालमा समेत दीपिकालाई समर्थन मिलिरहेको छ ।

प्रतिक्रिया (०)

सम्बन्धित खबर