बाँके । सामाजिक सुरक्षा र सचेतनाका लागि ‘देउसी भैलो’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ । विशेषगरी तिहार लक्षित गरेर चेतनामूलक उक्त गीत सार्वजनिक गरिएको हो ।


गीतलाई रमेश वरले लेखेका हुन भने गायक बलु तामाङ र गायीका शान्ति सुनारले स्वर दिएका छन् । संगीत भने गणेश विक ‘गजल’ ले भरेका हुन् । गीतको भिडियोमा नेपाल प्रहरी, शसस्त्र प्रहरी तथा नगरप्रहरीका साथै समाजसेवीहरुको समेत भूमिका प्रस्तु गरिएको छ । गणेशबहादुर विष्ट र रमेश वरद्वारा निर्देशित उक्त म्युजिक भिडियो ओएसआर डिजिट युट्युब च्यानबाट सार्वजनिक गरिएको हो ।

गीत उक्त गीतमा गीतको सल्लाहकारमा नन्दकला आचार्य र सुन्दर तिवारी रहेका छन् । कोहलपुर नगर स्तरिय युवा क्लव संजाल, कोहलपुर बाँकेले उक्त गीत निकालेको हो । तानशेन रेकर्डिङ स्टुडियोले सम्पादन गरेको उक्त म्युजिक भिडियो निकै उत्कृष्ट देखिन्छ । (म्युजिक भिडियो)

