काठमाडौँ । लोकप्रिय कलाकार डोमा ह्येल्मोको नयाँ गीत ‘कालो चस्मा–२ चौरी गोठैमा’ को भिडियो सार्वजनिक भएको छ। अघिल्लो वर्ष चर्चित बनेको ‘कालो चस्मा लाऊ भन्छ’ को दोस्रो भागको रुपमा आएको यो गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो
गीतमा शब्द, लय र स्वर डोमा ह्येल्मोकै रहेको छ भने संगीत संयोजन विष्णु तामाङको छ। ध्वनि मिश्रण दीपेश प्रधानले गरेका छन्, रेकर्डिङ त्रिवेणी डिजिटल स्टुडियोमा गरिएको हो।
भिडियोमा डोमा ह्येल्मोसँगै इन्द्र गुरुङ, दावा शेर्पा, उग्रेन तामाङ लगायतका कलाकारको अभिनय देख्न सकिन्छ। निर्देशन खमेश श्रेष्ठले, छायांकन रामकृष्ण कंडेलले, सम्पादन कल्पेश विश्वकर्माले र नृत्य निर्देशन अर्जुन सिलवालले गरेका हुन्।
भिडियो सिन्धुपाल्चोकका हेलम्बु, आमा याङ्ग्री, ग्याल्सा लगायत रमणीय स्थलहरूमा छायांकन गरिएको हो। यसअघि ‘कालो चस्मा लाऊ भन्छ’ गीतले चार करोडभन्दा बढी दर्शकको मन जितेको थियो।
गीत Doma Hyolmo Official युट्युब च्यानलबाट हेर्न सकिन्छ।

