Nepali Maan TV
'

मञ्जिलको डिजिटल सफलता : युट्युबबाटै घर र गाडीसम्म


Author Image
सोमवार, फागुन १२, २०८१ ११:४०

मिस्टर माने दैनिक करिब १८ घण्टासम्म भिडियो निर्माणमा समय खर्चिन्छन्। उनले सञ्चालन गरेका विभिन्न युट्युब च्यानलहरूबाट राम्रो आम्दानी गरिरहेका छन्। निरन्तर मेहनत र समर्पणको बलमा उनले परिवारका लागि राम्रो घर बनाउन सफल भएका छन्। साथै, उनले हालै नयाँ गाडीसमेत खरिद गरेका छन्, जसले उनको संघर्षपूर्ण यात्रालाई थप प्रेरणादायी बनाएको छ।

चितवन । चितवनका २६ वर्षीय मञ्जिल रेग्मी, जसलाई पछिल्लो समय धेरैले ‘मिस्टर माने’ भनेर चिन्छन् । उनी अहिले युट्युबमा चर्चित नाम बनिसकेका छन्। उनले आफ्नो करिअर सानो घरबाट सुरु गरेका थिए, तर अहिले उनको मेहनत र लगनले उनलाई यो उमेरमै नसोचेको सफलता दिलाएको छ।

भरतपुर महानगरपालिका १६ का उनले युट्युबमा आफ्नो छुट्टै साम्राज्य स्थापना गरेका छन् । उनको धेरै वटा गेमिङ च्यानल छ । तर उनले आजसम्म आफुले चलाएको युट्युबका बारेमा भने सार्वजनिक रुपमा केही पनि खुलाएका छैनन् ।

मिस्टर माने दैनिक करिब १८ घण्टासम्म भिडियो निर्माणमा समय खर्चिन्छन्। उनले सञ्चालन गरेका विभिन्न युट्युब च्यानलहरूबाट राम्रो आम्दानी गरिरहेका छन्। निरन्तर मेहनत र समर्पणको बलमा उनले परिवारका लागि राम्रो घर बनाउन सफल भएका छन्। साथै, उनले हालै नयाँ गाडीसमेत खरिद गरेका छन्, जसले उनको संघर्षपूर्ण यात्रालाई थप प्रेरणादायी बनाएको छ।

गेमरदेखि कन्टेन्ट क्रिएटरसम्मको यात्रा

सुरुवाती दिनमा मञ्जिल आफूलाई एक गेमरको रूपमा चिनाउन रुचाउँथे। तर समयसँगै उनले आफ्नो क्षमताको खोजी गर्दै कन्टेन्ट निर्माणको क्षेत्रमा पाइला राखे। उनले युट्युबमा विभिन्न रोचक सामाग्रीहरू प्रस्तुत गर्दै दर्शकहरूलाई मनोरञ्जन मात्र दिएनन्, प्रेरणास्रोत पनि बन्न सफल भए। उनको सामग्रीले सामाजिक सञ्जालमा राम्रो प्रभाव पारेपछि धेरै युट्युबर तथा कन्टेन्ट क्रिएटरहरूको ध्यान उनैतिर तानियो। राम्रो भ्यूज र सब्सक्राइबर पाएपछि उनको कमाई पनि बढ्न थाल्यो । हाल मासिक ३ लाख रुपैयाँ भन्दा बढी उनको आम्दानी हुने गरेको छ ।

सफलताको यात्रा मञ्जिलका लागि सजिलो थिएन। शुरुवाती दिनहरूमा उनले धेरै संघर्ष गरे। स्रोतसाधनको अभाव, इन्टरनेट समस्याहरू, उपकरणहरूको कमी जस्ता कठिनाइहरूसँग जुध्दै उनले आफ्नो मेहनतलाई निरन्तरता दिए।
तर, उनले हार मानेनन्। उनका भिडियोहरूले मनोरञ्जन मात्र होइन, शिक्षा, प्रेरणा र नवीनतम जानकारी पनि दिन थाले। उनको दृढ संकल्पको फलस्वरूप, आज उनी सफल डिजिटल क्रिएटरको रूपमा परिचित छन्। उनका भिडियोहरूले केवल मनोरञ्जन मात्रै प्रदान गर्दैनन्, बरु शिक्षा, प्रेरणा र नवीनतम जानकारी पनि दिन्छन्।

हालै उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेको एउटा तस्बिर चर्चाको विषय बनिरहेको छ। गाडी अगाडी बसेर खिचेको उनको तस्बीरले उनको मेहनत, संघर्ष र उपलब्धिलाई झल्काउँछ । उनी भन्छन्, ल म २४ घण्टामा ८ घण्टा निदाउँछु, तर मलाई लाग्छ कि म २४ दुना ४८ घण्टामा जम्मा ८ घण्टा मात्र निदाएर बाँकी समय मेरो कामलाई दिन सकूँ। मेहनत नै कर्म रहेछ अनि असल र मेहनती कर्म नै जीवनको ठुलो धर्म।

नेपालमै आफ्नो भविष्य निर्माण

नेपालबाटै सफलताको शिखर चुम्ने लक्ष्य राखेका मञ्जिल अहिले विभिन्न डिजिटल प्लेटफर्महरूमा चर्चित छन्। उनले देखाएको अठोट र लगनशीलता नेपाली युवा पुस्ताका लागि प्रेरणादायी छ।

डिजिटल प्लेटफर्महरूमा करिअर बनाउन चाहने नेपाली युवाहरूका लागि मिस्टर मानेको यात्रा उत्कृष्ट उदाहरण बन्न सक्छ। उनको सफलताले नेपालमा डिजिटल मिडियाको सम्भावनालाई अझ बलियो रूपमा उजागर गरेको छ।

अहिले उनले आफ्नै ब्रान्ड स्थापित गर्न सफल भएका छन्, जसले नेपालकै डिजिटल क्षेत्रमा नयाँ आयाम थप्ने आशा गरिएको छ। साथै, उनले हालै नयाँ कार पनि खरिद गरेका छन्, जुन उनको निरन्तर मेहनतको अर्को उपलब्धि हो।

मन्जिलको कथा केवल व्यक्तिगत उपलब्धिको मात्र होइन, यो नेपालमै बसेर नयाँ सम्भावनाहरू सिर्जना गर्न सकिन्छ भन्ने प्रमाण पनि हो। ल्यापटप चलाउने सानो सपना देखेर सुरु गरेको उनको यो यात्रा, डिजिटल दुनियाँमा नेपाली युवाको पहिचान स्थापित गर्ने ठूलो कदम सावित भएको छ।

भावी योजनाहरू र सपना

मन्जिलले भविष्यमा आफ्नै डिजिटल कम्पनी खोल्ने लक्ष्य राखेका छन्। उनी डिजिटल मार्केटिङ, एनिमेसन, र अनलाइन प्लेटफर्ममा आधारित नयाँ व्यवसायहरू निर्माण गर्न चाहन्छन्। उनको उद्देश्य केवल व्यक्तिगत सफलता नभई अन्य नेपाली युवाहरूलाई पनि डिजिटल दुनियाँमा करियर बनाउने अवसर दिनु हो।

उनी भन्छन्, ‘नेपालमै बसेर विश्वस्तरको काम गर्न सकिन्छ। यहाँ पनि अपार सम्भावना छ। केवल मेहनत, दृढ संकल्प र निरन्तरता आवश्यक छ।’ मन्जिलको यो प्रेरणादायी यात्राले नेपाली युवा पुस्तालाई डिजिटल उद्यमशीलतामा लाग्न थप हौसला दिनेछ।

प्रतिक्रिया (३२)

सम्बन्धित खबर