पोखरा । गायक रामभक्त जोजिजू र गायिका ईतु जोजिजूको ‘युगल साँझ’ हुने भएको छ । पोखराको न्युरोडमा अवस्थित पाल्पा हाउस प्रालिद्वारा संचालित रानीमहल रेस्टुरेन्टले पहिलो वार्षिकोत्सवको अवसरमा सो युगल साँझ गर्न लागेको हो ।
कार्यक्रम यही चैत्र ३ गते शनिबार पोखराको न्युरोडमा अवस्थित रानीमहल रेस्टुरेन्टमा साँझ ६ बजे देखि १० बजेसम्म तय गरिएको छ । उक्त कार्यक्रममा गायन जोडी द्वय जोजिजूले आफ्ना एकल तथा युगल गीतहरु प्रस्तुत गर्नेछन् । साथै पहिलो पटक नयाँ स्वादको रूपमा चर्चित हिन्दी नेपाली गीतहरु समेत प्रस्तुत गर्नेछन् ।
कार्यक्रमका लागि ९९९ रुपैयाँको टिकट राखिएको छ । उक्त टिकटमा स्न्याक्स सहित ड्रिंक्सहरूको समेत व्यवस्था गरिएको कार्यक्रम संयोजक रेशम रचकले जानकारी दिए ।

