Nepali Maan TV
'

‘मायाँ हेरेर कहाँ देखिन्छ’ को सुटिङ सम्पन्न


Author Image
आइतवार, साउन २८, २०८० ६:४७


पोखरा । ‘मायाँ हेरेर कहाँ देखिन्छ’ बोलको गीतको म्यूजिक भिडियो सुटिङ सम्पन्न भएको छ । शनिबार पोखरामा उक्त गीतको छायाँकन गरिएको हो। सुप्रसिद्ध गायक तथा संगीतकार रामभक्त जोजिजुको विशेष उपश्थितीमा एक कार्यक्रमका बीच गीतको छायांकन सुभारम्भ गरिएको थियो ।

युवा गीतकार तथा संगीतकार आदर्श पोखरेलको शब्द संगीत रहेको उक्त गीतमा गायक विश्वबन्धु अधिकारी र गायिका जमुना तिमल्सिनाको आवाज सजिएको छ । सुदिप सुवेदीको निर्देशन र सन्देश गुरुङको छायांकन रहेको भिडियोमा गायक विश्वबन्धु अधिकारी र गायिका जमुना तिमल्सिनाकै दमदार अभिनय रहेको छ । त्यसैगरी जमुना तिमल्सिना बराल र डा. परिवर्तन बराललाई पनि भिडियोमा विशेष भूमिकामा प्रस्तुत गरिएको छ । भिडियोमा समावेश नृत्यको कोरियोग्राफी भने सोम गुरुङले गरेका छन् ।

विशुद्ध प्रेमकथामा आधारित गीतको म्युजिक भिडियोलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ । हाल छायांकन सकेर पोष्ट प्रोडक्सनमा रहेको गीतको भिडियो केही दिनमै सार्वजनिक गर्ने निर्माण टिमको तयारी छ । उक्त गितको म्युजिक भिडियो ओएसआर डिजिटल प्रा।लि।को आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक हुनेछ ।

प्रतिक्रिया (०)

सम्बन्धित खबर