Nepali Maan TV
'

२१२ औँ भानु जयन्तीको अवसरमा ‘रूपा काव्य उत्सव’ सम्पन्न


Author Image
शनिवार, असार २८, २०८२ ९:४०


कास्की । रूपा वाङ्मय प्रतिष्ठानले ‘२१२ औँ भानु जयन्ती’को अवसरमा ‘रूपा काव्य उत्सव’ भब्यताका साथ सम्पन्न गरेको छ । २१२ औँ भानु जयन्तीको पूर्व सन्ध्यामा शनिबार रूपा गाउँपालिका–६, स्थित पृथ्वी रुपमा माध्यमिक विद्यालयको सभाहलमा कायक्रम सम्पन्न भएको हो।

साहित्यकार डा. बाबुराम अधिकारीको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष आदर्श पोखरेलको सभापतित्व सम्पन्न कार्यक्रममा दुई भागमा कविता वाचन गरिएको थियो। विशेष कविता वाचन शृङ्खलामा ५ जना कविहरूले कविता सुनाएका थिए भने खुल्ला सृजना वाचन शृङ्खलामा १५ जना कविहरूले आ–आफ्ना सिर्जना प्रस्तुत गरेका थिए।

कार्यक्रममा डा. गणपति ओझा, नवराज अधिकारी, हरिकला गौतम, तारानाथ पराजुली र सुप्रिया खनालले विशेष कविता वाचन गरेका थिए।

कार्यक्रममा भानुभक्त आचार्यको व्यक्तित्व र योगदानबारे चर्चा गरिएको थियो। कार्यक्रममा प्रकट पगेनी स्मृति प्रतिष्ठानका अध्यक्ष टिकाराम पगेनी, लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा, महासचिव जानुका पराजुली र नागरिक परोपकार समन्वय संस्थाका सचिव शिवराज सुवेदीले शुभकामना मन्तव्य दिएका थिए।

कार्यक्रमको सञ्चालन संस्थाका सचिव मदन घिमिरेले गरेका थिए।

प्रतिक्रिया (२१७)

सम्बन्धित खबर