Nepali Maan TV
'

सन्तोष लामाको ‘‘Grow Your Sales 10X’ लिडरसिप वर्कसप सम्पन्न


Author Image
शनिवार, जेठ ३२, २०८२ २:२९

काठमाडौं । शुक्रबार काठमाडौंमा ‘‘Grow Your Sales 10X’ नामक नेतृत्व विशेष कार्यक्रम सम्पन्न भएको छ । ऋषिकुल फाउण्डेसन र ब्रेकथ्रु लाइफले आयोजना गरेको विशेष कार्यक्रममा चर्चित मोटिभेसनल स्पिकर, सेल्स कोच तथा लेखक सन्तोष लामाले प्रशिक्षण दिनुभएको थियो । धुम्बाराही स्थित रमादा होटलमा आयोजित कार्यक्रमका देशभर बाट ७० जनाको सक्रिय सहभागिता रहेको थियो । भीआइपी इभेन्टसले व्यवस्थापन गरेको कार्यक्रम ११ बजे बाट सुरु भएर साझँ ७ बजेसम्म चलेको थियो । कार्यक्रमलाई झण्डै एक दर्जन संघसंसस्थाले संयोजन र सहकार्य गरेको थियो

व्यवसाय गरिरहेका र गर्न चाहनेहरुको लागि कार्यक्रम निकै प्रभावकारि रहेको थियो । आफुले व्यवसाय वृद्धिका लागि प्रभावकारी बिक्री रणनीति र नेतृत्व विकासका लागि धेरै महत्पूर्ण कुराहरु सिक्ने मौका पाएको प्रशिक्षणमा सहभागी तुम्सिङ तारा मगरले बताउनुभयो । सेल्स प्रोसेस, सेल्स विथ ब्राण्डिङ, सेल्स फर्मुला र साइन्स अफ् सेल्स लगायत महत्वपूर्ण शिर्षकमा प्रशिक्षक लामाले प्रशिक्षण दिनुभएको थियो। कार्यक्रमको अन्त्यमा गोलाप्रथा बाट ३ जना भाग्यशाली व्यक्तिहरुलाई विभिन्न प्याकेजहरु पनि प्रदान गरिएको थियो।

चर्चित मोटिभेसनल स्पीकर लामाले यसअघि पनि थुप्रै प्रभावशाली कार्यशाला र मोटिभेसनल सेमिनारहरू सफलतापूर्वक सम्पन्न गरिसक्नुभएको छ । उहाँ आकर्षक प्रशिक्षण शैली, व्यावहारिक अनुभव र प्रेरणादायी प्रस्तुतीका कारण निकै लोकप्रिय हुनुहुन्छ । उहाँको ‘सफलताको ब्लुप्रिन्ट’ र ‘अल्टिमेट मेडिटेसन प्याक’ जस्ता चर्चित बुक प्रकाशित छ ।

प्रतिक्रिया (१०१)

सम्बन्धित खबर