Nepali Maan TV
'

गीतकार आदर्श पोखरेलको ‘मनमा तिम्रो फोटो छ’ सार्वजनिक


Author Image
शनिवार, असार ७, २०८२ ६:१३

काठमाडौँ । गीतकार आदर्श पोखरेलको नयाँ गीत ‘मनमा तिम्रो फोटो छ’ शनिबार सार्वजनिक गरिएको छ। पोखराको सभागृहचोकस्थित बेरी लाउञ्ज एण्ड बारमा आयोजित एक समारोहकाबीच वरिष्ठ गायक तथा संगीतकार रामभक्त जोजिजुको हातबाट गीतको भिडियो सार्वजनिक गरिएको हो।

गायक सन्दिप परियार र गायिका मनिषा सुनारको स्वर रहेको यस गीतमा मोडल रुसा न्यौपाने र युवा वैज्ञानिक डाक्टर निरन्जन कोइराला ‘जमीन’को मुख्य अभिनय देख्न सकिन्छ। साथै, भिडियोमा गीतकार आदर्श पोखरेल, सोम गुरुङ, जमुना पौडेल बराल, भुवन विश्वकर्मा र विपासा सेन्च्युरीको समेत अभिनय समावेश गरिएको छ।

भिडियोको निर्देशन तथा सम्पादन राम बास्तोलाले गरेका हुन् भने छायांकन दिनेश केसी र अनिल कार्कीले छायांकन गरेका हुन् । भिडियोको कथा भने सुदीप सुवेदीले लेखेका हुन् ।
गीतको भिडियो रुपा म्युजिकको अफिसियल युट्युब च्यानलमा हेर्न सकिन्छ।

प्रतिक्रिया (९४)

सम्बन्धित खबर