Nepali Maan TV
'

भूमिगत दुर्गा प्रसाईंको दाबी: “नेपालमै लुकेको छु, तिमीहरूले त्यो पनि पाउँदैनौ”


Author Image
मङ्गलवार, चैत १८, २०८१ ११:५६

काठमाडौं – तीनकुनेमा भएको राजावादी प्रदर्शनपछि फरार रहेका दुर्गा प्रसाईंले आफू नेपालमै लुकेको दाबी गरेका छन्। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक रहेका प्रसाईंविरुद्ध राज्यविरुद्धको अपराधसहित विभिन्न आरोप लागेका छन्।

हाल उनी भारत पुगेको चर्चा चलिरहे पनि, उनले आफ्नो सचिवालयको फेसबुकमार्फत नेपालमै रहेको दाबी गरेका छन्। सामाजिक सञ्जालमा प्रसाईंले लेखेका छन्, “सिकार गर्नु भन्दा पहिला सिंह पनि एक कदम पछि हट्छ, अनि पुनः आक्रमण गर्छ! दुर्गा प्रसाईं सिंह नै हो, अब छिट्टै तिमीहरूको मलामी लिएर आउँदैछ, भ्रष्टाचारी हो! मैले त लुक्ने ठाउँ भेटेको छु, नेपालमै छु, भावी रणनीति तयार गर्दैछु, तर तिमीहरूले त्यो पनि पाउँदैनौ, बुझिराख!”

उनी कुन स्थानमा लुकेका छन् भन्नेबारे केही खुलाइएको छैन। तर, उनको घोषणाले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको छ। सुरक्षाकर्मीहरू प्रसाईंको खोजीमा रहेका छन् भने राजनीतिक वृत्तमा पनि उनको भूमिगत अवस्थाबारे चासो बढ्दै गएको छ।

प्रतिक्रिया (४१)

सम्बन्धित खबर