Nepali Maan TV
'

“धनेश्वर टेलिफिल्म अवार्ड–२०८१” को उत्कृष्ट ५ मनोनयन प्रमाणपत्र वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न


Author Image
सोमवार, पौष २२, २०८१ ११:२५

काठमाडौं । “धनेश्वर टेलिफिल्म अवार्ड–२०८१” का लागि ३४ विधामा उत्कृष्ट ५ मनोनयनमा परेका टेलिचलचित्र कलाकर्मीहरूलाई प्रमाणपत्र वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। धनेश्वर फिल्मस् एण्ड एभरटाइजिङ प्रा.लि.का कार्यकारी निर्देशक खमेश श्रेष्ठको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा वरिष्ठ कलाकार लक्ष्मण विक्रम बस्नेत, कलाकार राजकुमार देवकोटा, विशाल राई (MFU), र उत्तम के.सी. विशेष अतिथिका रूपमा उपस्थित थिए। नेपाली टेलिफिल्म क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित यस अवार्डमा हास्य, सामाजिक, भावनात्मक तथा विविध विधामा आधारित टेलिफिल्म, वेब शृंखला, तथा कलाकारहरूलाई सम्मान प्रदान गरिने छ। धनेश्वर टेलिफिल्म अवार्डका अध्यक्ष खमेश श्रेष्ठले जानकारी दिनुभएको छ कि अग्रज कलाकारहरूलाई फरक-फरक विधामा सम्मान प्रदान गरिनेछ।

कार्यक्रममा प्रमुख अतिथि निरौलाले भन्नुभयो, “नेपाली टेलिचलचित्र जगतमा सयौं टेलिफिल्महरूको माध्यमबाट हजारौं कलाकर्मीले लाखौं दर्शक-श्रोतासम्म हास्यव्यंग्यात्मक, भावनात्मक, सामाजिक, वास्तविक वा काल्पनिक विषयवस्तु प्रस्तुत गर्दै आएका छन्।” उहाँले थप्नुभयो, “नेपाली भौगोलिक क्षेत्रभित्र लोप हुँदै गएका विभिन्न जातजाति, भाषा, धर्म, भेषभूषा, र मौलिक कला-संस्कृतिहरूको संरक्षण तथा सामाजिक रूपान्तरणको सन्देश प्रवाह गर्न टेलिफिल्महरूले महत्त्वपूर्ण भूमिका खेलेका छन्। यस्तो अवार्डले कलाकारहरूलाई थप प्रेरित गर्नेछ।”

नेपाली टेलिफिल्महरूले विकृति र विसंगतिविरुद्ध चेतना फैलाउँदै समाजलाई सही दिशातर्फ उन्मुख गराएको र मनोरञ्जनको माध्यमबाट जनचेतना अभिवृद्धिमा योगदान पुर्‍याएको कुरा कार्यक्रममा विशेष रूपमा उल्लेख गरियो।

आयोजक पक्षका अनुसार, मनोनयनमा परेकाहरूको लागि केही समयपछि डिजिटल वालेट वा सामाजिक सञ्जालमार्फत भोटिङ खुला गरिनेछ। अवार्ड वितरण कार्यक्रमलाई भव्य बनाउन आयोजक पक्षले विभिन्न प्रायोजक तथा सहयोगी संस्थाहरूसँग सहकार्यका लागि छलफल गरिरहेको छ।

“धनेश्वर टेलिफिल्म अवार्ड–२०८१” का लागि ३४ विधामा उत्कृष्ट ५ मनोनयनमा परेकाहरूको विवरण यस प्रकार छ।

प्रतिक्रिया (११)

सम्बन्धित खबर