पोखरा । कास्कीको रुपा गाउँपालिकामा ‘रुपा वाङ्मय प्रतिष्ठान’को स्थापना हुने भएको छ । गाउँपालिकामा स्थायी ठेगाना भई विभिन्न भूभागमा बसोबास गर्ने सम्पूर्ण कला, साहित्य तथा संगीतप्रेमीहरुलाई साहित्यिक सञ्जालमा आवद्द गरी संस्थागत गर्ने उद्देश्यले प्रतिष्ठानको स्थापना गर्न लागिएको हो ।
शनिबार गाउँपालिकाभित्रका कला, साहित्य र संगीतप्रेमी युवाहरुको भेलाले ‘रुपा वाङ्मय प्रतिष्ठान’ गठन गर्ने उद्देश्यका साथ तदर्थ समिति गठन गरेको छ । गीतकार तथा संगीतकार आदर्श पोखरेलको संयोजकत्वमा गठित २१ सदस्यीय समितिमा सह-संयोजक मदन मल्ल ठकुरी र सचिवमा मदन घिमिरे चयन भएका छन् । समितिले ३ महिनाभित्र संस्था दर्ता प्रकृया तथा साधारण तथा आजीवन सदस्यता वितरण गरी अधिवेशन सम्पन्न गर्नेछ ।
विद्यालय तहदेखि नै कला, साहित्य र संगीतको सम्वद्र्धन र श्रीवृद्धिका लागि पालिकाभित्र सबैलाई एकत्रित गरी विभिन्न कार्यक्रमहरु गर्दै जाने लक्ष्यका साथ संस्था गठन गर्न लागिएको तदर्थ समिति संयोजक आदर्श पोखरेलले जानकारी दिनुभयो ।

