काठमाडौँ । काठमाडौंमा उद्घोषण, भाषण कला तथा रेडियो टेलिभिजन सम्बन्धी तालिम हुने भएको छ । मिडिया सम्बन्धी काम गरिरहेको युनिग्लोब कम्युनिकेशनले आउँदो आइतबारदेखि ७ दिने तालिम सञ्चालन गर्न लागेको हो ।
सीप अभिवृद्धिका साथै व्यक्तित्व विकासमा सहयोग पुग्ने उदेश्यले आयोजना गर्न लागिएको तालिम अनलाईन तथा भौतिक कक्षा दुवै माध्यमबाट सञ्चालन हुने युनिग्लोबले जनाएको छ ।
तालिममा उत्कृष्ट हुनेलाई विभिन्न अवसर पनि प्रदान गरिने तालिमकी प्रशिक्षक सञ्चारकर्मी मनिषा भण्डारीले बताइन् ।
अहिलेको प्रतिस्पर्धात्मक समयमा आफनो कुरा सबैको सामु अगाडि राख्न र नसक्दा पछि परिरहेको अवस्थामा यो तालिमले यो समस्यालाई हटाउन मद्त हुने र मिडियाको क्षेत्रमा काम गर्न चाहनेहरुका लागि यो राम्रो माध्यम बन्ने युनिग्लोब कम्युनिकेशनका अध्यक्ष विष्णु खनालले बताए ।

