पोखरा । रुपा गाउँपालिकामा रहेको श्री पृथ्वी रुपा माध्यमिक विद्यालयमा मनिषा गुरुङको नेतृत्वमा ११ सदस्यीय जुनियर रेडक्रस सर्कल गठन भएको छ ।
समितिको उपाध्यक्षमा रोजिना तामाङ, कोषाध्यक्षमा मिलन नेपाली, सचिवमा सिजन गुरुङ र सदस्यहरूमा आश्मा सुनार, कुसुम सुवेदी, परमिशा खड्का, सरस्वती अधिकारी ,सोना गुरुङ, विश्वास गुरुङ र सरोज नेपाली चयन भएका छन् ।
त्यसैगरी शिक्षक नायकमा सुष्मा पौडेल, सह नायकमा आदर्श पोखरेल र संरक्षकमा विद्यालयका प्रधानाध्यापक विश्व नाथ सुवेदी रहेका छन् ।
प्रधानाध्यापक तथा समितिका संरक्षक विश्व नाथ सुवेदीले नवगठित समितिलाई बधाई तथा शुभकामना दिँदै उक्त समितिको कार्यकाल सफलतापूर्ण रहनेमा आफू विश्वस्त रहेको बताए ।
कार्यक्रममा विद्यालय सहायक प्रधानाध्यापक कृष्ण बहादुर खड्का, प्रावि इन्चार्ज इन्चार्ज रामचन्द्र ओझा, पूर्व प्रधानाध्यापक महादेव सुवेदी, शिक्षक श्री गंगा पाण्डे भाट, अनिल न्यौपाने , सुष्मा सिग्देल, शान्त क्षेत्री, कुमारी पाण्डे ,शोभा घिमिरे , टिका देवी विश्वकर्म , अनिषा तिवारीको उपस्थिति रहेको थियो।
विद्यालयका सामाजिक शिक्षक तथा पूर्व प्रधानाध्यापक तीर्थराज लामिछानेले कार्यक्रमको सहजीकरण गर्दै रेडक्रसको परिचय, सिद्धान्त, जुरेस गठन प्रक्रिया, विश्व रेडक्रस दिवसको महत्वमाथी प्रकाश पार्दै मानवतालाई जीवित राख्न रेडक्रसले प्रदान गर्ने सेवाहरू मानवीय सेवाभावपूर्ण हुनुपर्ने बताए।
शिक्षक नायक श्री सुष्मा पौडेलले रेडक्रसले मानविय सेवा, प्राकृतिक प्रकोप तथा विपदका समयमा संस्थाको भूमिका महत्वपूर्ण रहेकाले यसले राष्ट्रियता, जाति, धर्म, वर्ग र राजनीतिक विचारधाराको आधारमा कुनै भेदभाव नगर्ने बताइन् ।
विद्यार्थी मनिषा गुरुङले शुभकामना मन्तव्य दिएकी थिइन् भने कार्यक्रमको सञ्चालन विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख चन्द्रमणि पौडेलले गरेका थिए ।

