काठमाडौँ । कुनै पनि संरचनाको भित्री सौन्दर्यताका लागि लेमिनेट्सबाट बनेका डिजाइनहरुको प्रयोग बढिरहेको समयमा भारतीय प्रख्यात कम्पनी ग्लोब प्यानल इण्डष्ट्रीज इण्डिया प्राइभेट लिमिटेडले ‘जीएल ब्राण्ड’का गुणस्तरीय लेमिनेट्सहरु नयाँ डिजाइनमा नेपाली बजारमा ल्याएको छ । शुक्रबार काठमाडौँमा विशेष समारोहको आयोजना गर्दै नेपालका लागि आधिकारिक विक्रेता कम्पनीहरुले विभिन्न नयाँ डिजाइनका लेमिनेट्हरु नेपाली बजारमा उपलब्ध भएको जानकारी दिएका हुन् ।

कम्पनीले काठमाडौँमा रहेका विक्रेताहरुलाई समावेश गरी व्यापार प्रवर्द्धनका लागि कार्यक्रम आयोजना गरेको हो । ग्लोब प्यानल इण्डष्ट्रीज इण्डिया प्राइभेट लिमिटेडका नेपालका लागि आधिकारिक प्रमुख सुशिल श्रेष्ठले गुणस्तर र सौन्दर्यको मामलामा कम्पनीले बजारमा उत्पादित अन्य लेमिनेट्सको तुलनामा आफुलाई अब्बल र विश्वासिलो रुपमा प्रस्तुत गर्दै लगेको बताउनुभयो । कम्पनीले नेपाली ग्राहकलाई नै केन्द्रित गरी नयाँ नयाँ डिजाइनमा सुलभ र गुणस्तरीय लेमिनेट्सहरु बजारमा ल्याएकाले यसले सबैको मन जित्ने उहाँको विश्वास छ ।

विगत १० वर्षदेखि जीएल कम्पनीका लेमिनेट्सहरु नेपाली बजारमा छन् । कम्पनीले विभिन्न आकर्षक डिजाइनमा गुणस्तरीय लेमिनेट्स उत्पादन गरि बजारमा पठाउँदै आएको छ । यसपटक भने कम्पनीले क्वालिटीलाई बढाउँदै डिजाइनमा पनि थप परिस्कृत गरेको छ । नेपाली बजारमा भित्रिएका लेमिनेट्हरु गुणस्तरका मामलामा निकै बलियो र भरपर्दो रहेको विक्रेताहरुको दाबी छ ।

उच्च स्तरीय प्रविधिबाट निर्मित जिएल कम्पनीका लेमिनेट्हरु विशेषताका हिसावले फोका नउठ्ने, स्क्र्याच नहुने, पानीले समेत नविग्रने वाटर फ्रुफ र लामो समयसम्म टिकाउयुक्त रहने दाबी गरिएको छ । घर, पसल, अफिस तथा समपूर्ण संरचनालाई आकर्षक बनाउनमा यो लेमिनेट्ले ठूलो भूमिका खेल्ने बताइएको छ ।
नेपालका विभिन्न सहरहरुमा जीएल कम्पनीका लेमिनेट्स उपलब्ध छन् । नेपालको परिवेश सुहाउँदो डिजाइन भएकाले नेपाली उपभोक्तमाझ यो निकै लोकप्रिय बन्दै गएको छ । कम्पनीका नयाँ मोडलका लेमिनेट्सहरु विभिन्न साइज तथा डिजाइनमा उपलब्ध भएकाले ग्राहकलाई ढुक्क भएर प्रयोग गर्न अनुरोध गरिएको छ । ग्राहक केन्द्रित दृष्टिकोण र गुणस्तर कायम राख्ने ममालामा सधैँ प्रतिबद्ध जीएल कम्पनीले लगातार इनोभेटिभ र अट्रयाक्टिभ डिजाइनका साथ घर पसल होस् या कार्यालयलाई आकर्षक बनाउन लागि परेको छ ।


