Nepali Maan TV
'

रिद्धि सिद्धिले ल्यायो नयाँ गुणस्तरीय र आकर्षक डिजाइनका लेमिनेट्स


Author Image
आइतवार, जेठ १३, २०८१ ११:२५

घर, अफिस तथा विभिन्न संरचनाहरु आकर्षक र मजबुद बनाउनका लागि भरपर्दो लेमिनेट्स

काठमाडौँ । घर, पसल, कार्यालय तथा विभिन्न संरचनाको डेकोरेसनका लागि निरन्तर लागि परेको रिद्धि सिद्धि लेमिनेट्स प्रालिले नयाँ डिजाइनका आकर्षक र गुणस्तरीय लेमिनेट्स बजारमा ल्याएको छ । शुक्रबार काठमाडौँमा विशेष समारोहको आयोजना गर्दै कम्पनीले ०.८८ र ७.२ मिलिमिटरका गुणस्तरीय र आकर्षक डिजाइनका लेमिनेट्स बजारमा ल्याएको जानकारी दिएको हो ।

रिद्धि सिद्धि लेमिनेट्स प्रालिका प्रबन्ध निर्देशक शुशिल कुमार अग्रवालले गुणस्तर र सौन्दर्यको मामलामा कम्पनीले बजारमा उत्पादित अन्य लेमिनेट्सको तुलनामा आफुलाई अब्बल र विश्वासिलो रुपमा प्रस्तुत गर्दै लगेको बताउनुभयो । कम्पनीले नेपाली ग्राहकलाई नै केन्द्रित गरी नयाँ नयाँ डिजाइनमा सुलभ र गुणस्तरीय लेमिनेट्सहरु बजारमा ल्याएकाले भारतीय लेमिनेट्सको प्रयोग गर्नुपर्ने बाध्यताबाट ग्राहकहरु मुक्त हुने उहाँको विश्वास छ ।

आवश्यक सम्पूर्ण आधुनिक प्रविधि र मेसिनरीको पूर्ण ब्यबस्था भएकाले रिद्धि सिद्धि लेमिनेट्सको गुणस्तर र विश्वसनियताले अझ उचाई छुने विश्वास लिइएको छ । कम्पनीले विगत १ वर्षदेखि नेपाली बजारमा विभिन्न आकर्षक डिजाइनमा गुणस्तरीय लेमिनेट्स उत्पादन गरि बजारमा पठाउँदै आएको छ । रिद्धि सिद्धि लेमिनेट्सले कुनै पनि संरचनालाई अझ सुन्दर र मजबुद बनाउने कम्पनीको दाबी छ ।

रिद्धि सिद्धि लेमिनेट्सले लुम्विनी प्रदेशको कपिलबस्तुुमा ६ विगाहा ५ कठ्ठा क्षेत्रफलमा आफ्नै प्लाण्ट स्थापना गरेर आकर्षक तथा गुणस्तरीय लेमिनेट्स उत्पादन गर्दै आइरहेको छ । मासिक १ लाख ५० हजार सिट उत्पादन भएपनि हाल कम्पनीले मासिक रुपमा ९० हजार भन्दा बढि सिट लेमिनेट्स उत्पादन गरिरहेको छ । अत्याधुनिक प्रविधिको प्रयोगका कारण रिद्धि सिद्धि लेमिनेट्सका लेमिनेटको गुणस्तर अरु कम्पनीका उत्पादन भन्दा धेरै विष्टि श्रेणीको रहेको कम्पनीको दाबी छ । यसअघि ०.७२ मिलिमिटर, ०.८० मिलिमिटर र १ मिलिमिटरका लेमिनेट्स उत्पादन हुँदै आएकोमा हाल ०.८८ र ७.२ मिलिमिटरका लेमिनेट्स थपिएका छन् ।


ग्राहक केन्द्रित दृष्टिकोण र गुणस्तर कायम राख्ने ममालामा सधैँ प्रतिबद्ध रिद्धि सिद्धि लगातार इनोभेटिभ र अट्रयाक्टिभ डिजाइनका साथ घर पसल होस् या कार्यालयलाई आकर्षक बनाउन लागि परेको छ ।

प्रतिक्रिया (०)

सम्बन्धित खबर