Nepali Maan TV
'

चाइनिज र भारतीय ४ कम्पनीसँग ड्राफ्ट एमओयु एक्सचेञ्ज भयो : निरक पौडेल


Author Image
बुधवार, वैशाख १९, २०८१ ९:१२

‘नेपालमा स्वदेशी तथा विदेशी लगानी मैत्री वातावरण रहेको सन्देश’

काठमाडौँ । लगानी सम्मेलनमा भारतीय र चाइनिज लगानीकर्ताहरुले गोपी कृष्ण सेन्ट्रल कम्प्लेक्स (जिकेसीसी) को परियोजनालाई निक्कै चासोका साथ लिएका छन् । सोमबार भएको बीटुबी प्यानल डिस्कसनमा स्वदेशी तथा विदेशी लगानीकर्ताहरुले यस्तो प्रतिक्रिया दिएका हुन् ।

गोपी कृष्ण सेन्ट्रल कम्प्लेक्सका एमडी पौडेलका अनुसार लगानीकर्ताहरूले ‘लक्जरियस अपार्टमेन्ट, फाइभ स्टार होटेल, सपिङ मल तथा मल्टिप्लेक्स सिनेमा परियोजनालाई स्ट्यान्डर्ड प्रोजेक्ट भनेका छन् । लगानी साझेदार बन्न औपचारिक प्रस्ताव आएका मध्ये लगानी मैत्री कम्पनी/संस्थालाई ईक्युटी पार्टनरका रूपमा भित्र्याउने तयारी कम्पनीले गरेको छ । सोमबार नै लगानीकर्ताहरुसँग कम्पनीका तर्फबाट एमडी निरक पौडेलले ड्राफ्ट एमओयु एक्सचेञ्ज गरेका छन् । बैंकिङ तथा प्राविधिक पक्षहरूमा क्लियर भएपछि चाँडै अन्तिम सम्झौता हुनेछ ।’

सरकार र लगानी बोर्डले जुन उद्देश्य र सोच राखेर लगानी सम्मेलन २०२४ को आयोजना गर्‍यो यसले नेपालमा लगानी मैत्री वातावरण रहेको सकारात्मक सन्देश विश्वभर पुगेको र सरकारले कानुनमा गरेको संशोधनले पनि स्वदेशी तथा विदेशी लगानीकर्ताहरूमा आशा जगाएको एमडी पौडेलको बुझाई छ ।

यता सोकेसरमा राखिएको जिकेसीसी परियोजनालाई अन्य स्टलका तुलनामा धेरै लगानीकर्ता (कम्पनी/संस्था) हरुले अवलोकन गरेका छन् । जिकेसीसी परियोजनालाई चाहिनाको सिन्चेन ह्वाह ईन्टरनेशनल र जज्याङ् अर्वन कन्स्ट्रक्सन ग्रुप तथा भारतीय कम्पनी क्रस काउन्ड्री एड्भाईजरी र साईस्पेक्टिभ ईन्टरनेशनलले ड्राफ्ट एमओयु एक्सचेञ्ज गरेको कम्पनीले जानकारी दिएको छ ।

५० मिलियन डलर लागत रहेको परियोजनाका लागि ३०-४० प्रतिशतको लगानी साझेदार खोजिएको एमडी पौडेलले सुनाए । चाबहिलको प्राइम लोकेसनमा अवस्थित परियोजना त्रिभुवन विमानस्थलसँगै पशुपतिनाथ मन्दिर र बौद्ध स्तुपा जस्ता धार्मिकस्थलहरु नजिक रहेका छन् ।

प्रतिक्रिया (०)

सम्बन्धित खबर