कास्की । केशवराज राजभण्डारीको रचना, रामभक्त जोजिजूको स्वर तथा संगीतमा रहेको ‘सराङ्गकोट’ बोलको गीत सार्वजनिक भएको छ ।
बिहीबार ‘जोजिजू इन्टरटेनमेन्ट’ युट्युब च्यानल मार्फत गीत सार्वजनिक गरिएको हो । पर्यटकीय नगरी पोखराको सुन्दर मनमोहक दृष्यले भरिएको उक्त गीतको भिडियोमा गायक जोजिजूलाई नै प्रस्तुत गरिएको छ ।
गीतको एरेन्जमेण्ट चर्चित संगीत संयोजक वि वि अनुरागीले गरेका हुन् ।

