कास्की । गायक रामभक्त जोजिजू र गायिका ईतु जोजिजूको युगल साँझ सम्पन्न भएको छ । शनिबार साँझ पोखराको न्युरोड स्थित रानीमहल रेस्टुरेन्टमा कार्यक्रम सम्पन्न भएको हो ।
रानीमहल रेस्टुरेन्टले स्थापनाको एकवर्ष पुरा गरेको अवसरमा गायन जोडी द्वय जोजिजूको युगल साँझको आयोजना गरेको थियो । कार्यक्रममा संगीत प्रेमीहरुको बाक्लो उपश्थिती रहेको थियो । कार्यक्रममा गायन जोडी द्वय जोजिजूले आफ्ना एकल तथा युगल गीतहरु प्रस्तुत गरेका थिए भने अन्य चर्चित नेपाली तथा हिन्दी गीतहरु समेत प्रस्तुत गरेका थिए ।
आफुहरुको पहिलो प्रयास भब्य र सभ्य रुपमा सम्पन्न भएको भन्दै कार्यक्रम संयोजक रेशम रचकले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए । कार्यक्रममा पाल्पा हाउस प्रालिका अध्यक्ष कुल प्रसाद घिमिरेले कलाकारहरुलाई मायाको चिनो प्रदान गरेका थिए।

