काठमाडौँ । ‘मिस पर्यटन नेपाल २०२४’ को प्रतिस्पर्धामा सोनु बर्देवाले ‘मिस बिजनेस ग्लोबल’ र ‘मिस पर्यटन मेट्रोपोलेटन’को उपाधी जित्न सफल भएकी छन् । मंगलबार काठमाडौको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको उक्त कार्यक्रममा १० जना सुन्दरीहरुले ताज लगाएका थिए ।

जसमा ‘ मिस पर्यटन नेपाल २०२४’ को ताज ईटहरीकी रविना बराईली, ‘मिस पर्यटन हेरिटेज’ नारिना थापा मगर , ‘मिस पर्यटन बिउटी नेपाल’ निकिता गौतमले जितेकी हुन् भने ‘मिस बिजनेस ग्लोबल’ र ‘मिस पर्यटन मेट्रोपोलेटन’ सोनु बर्देवाले जितेकी हुन् । यसै प्रतिगितामा उनले ‘मिस क्रियटिभ’को उपाधी पनि हात पारेकी छन् ।
उपाधी हात पार्दै उनले निकै खुसी व्यक्त गरेकी छन् । अब भियतनाममा हुन लागेको ‘मिस विजनेश ग्लोबल’मा प्रतिस्पर्धा गर्ने उनले बताएकी छन् । यस्ता प्रतियोगिताहरुबाट विशेषगरी नेपाललाई अन्तराष्ट्रिय स्तरमा चिनाउन भूमिका खेल्ने सोनुको लक्ष्य छ ।

सोनु लामो समय देखि सुन्दरी प्रतियोगिताहरुमा सहभागी हुँदै आएकी छन् । हाल काठमाडौँको गोङ्गबु बस्दै आएकी बर्देवा मनोविज्ञान परामर्श मा स्नातकोत्तर गर्दैछिन् । विशेषगरी नृत्य र अभिनय गर्न मन पराउने उनी समाजमा सकारात्मक ऊर्जा फैलाएर एक प्रेरक पात्र बन्न चाहन्छिन् । शारीरिक सुन्दरतालाई मात्र सुन्दर मान्ने हाम्रो समाजमा सोनुले मिस पर्यटन मा भाग लिएर आफू जस्तो धेरैलाई प्रेरित गरेकी छिन् ।

