काठमाडौँ । अभिनेत्री नम्रता सापकोटा पछिल्लो समय कलाकारिता भन्दा योगा र ध्यानमा ब्यस्त छिन् । पछिल्लो समय उनका सामाजिक संजालहरु नियाल्ने हो भनेपनि उनले योगा र ध्यान गरेका प्रसस्तै तस्बीरहरु देखिन्छन् । त्यसैले उनी पछिल्ला दिनहरुमा योगा र ध्यानमा आफूलाई बढी केन्द्रित गरिरहेकी छिन् भन्दा फरक पर्दैन। उनै, नम्रता अहिले भारतको गोवामा पुगेर योगामा रमाइरहेकी छिन् । उनले, आफू अब योगा टिचर भएको पनि जानकारी गराएकी छिन् । उनले सामाजिक संजालमा एक सर्टिफिकेट समेत राख्दै आफु योगा टिचर भएको जानकारी गराएकी हुन् ।

उनले भारतको केरलामा योगा टिचर्स ट्रेनिङको कोर्स गरिरहेकी थिइन् । उक्त कोर्ष पुरा भएपछि उनले सर्टिफिकेट हात पारेकी हुन् । यही मौकामा उनले गोवाको समुन्द्री किनारमा पुगेर योगा समेत गरेकी छिन् । योगा र ध्यानमा लागेपछि नम्रताको जीवन शैली फेरिएको प्रष्ट देख्न सकिन्छ । त्यसो त पछिल्लो समय ओशोको भक्त बनेकी उनले अध्यात्म र अयोग ध्यानका बारेमा अन्तर्वार्ताहरुमा समेत खुलेर बोल्ने गरेकी छन् । यसै सन्दर्भमा उनले यौन जीवनका बारेमा समेत खुलेर बोल्ने गरेकी छन् । त्यसो त नम्रता नेपालमै पनि नियमित योगामा लागेकी थिइन् । ओशो सन्यासीका रुपमा जीवनलाई सहज र स्वच्छन्द ढंगले अगाडि बढाइरहेकी उनी कलाकारितासँगै अध्यात्म दर्शनको बाटोमा समाहित भएकी छिन् । केही महिनायता भने उनी भारतका विभिन्न ठाउँमा योगामा रमाइरहेकी थिइन् । यसैबीचमा उनका एकपछि अर्को बोल्ड अबतारका तस्बीरहरु पनि आइरहेका थिए । अघिल्लो साता भारतको केरलाको समुद्रि छालमा उनी विकिनी अवतारमा तस्बीरहरु सार्वजनिक गरेकी थिइन् । जहाँ उनी निकै बोल्ड र सुन्दर देखिएकी छिन् ।

त्यसो त नम्रताले थुप्रै नेपाली चलचित्र, म्युजिक भिडियोमा काम गरिसकेकी छिन् । खासै फिल्ममा सफलता हासिल गर्न नसकेकी नम्रता फिल्म ‘छक्का पन्जा’ को विष्णु चरित्रबाट भने बढि परिचित भएकी थिइन् । उनको नयाँ फिल्म ‘नम्बरी सुन’ माघमा रिलिज हुँदैछ । फिल्मको गीत रिलिज भएपनि यसले खासै चर्चा पाउन सकेन । नम्रताले अभिनय गरेको फिल्म ‘डेसान’ गतबर्ष बक्स अफिसमा असफल भयो । नम्रताको हातमा फिल्मको अफर खासै छैन । त्यसो त सामाजिक सञ्जालमा निकै सक्रिय उनी चर्चामा छाइरहन्छिन् । उनी केही पहिले अविवाहित आमा बन्ने विचार ब्यक्त गरेर पनि चर्चामा छाएकी थिइन् । पुरुषप्रतिको नकारात्मक धारणाका कारण नभइ पोजेटिभ व्यक्ति नपाएकोेले यो अवधारणा आएको पनि उनले स्पष्टिकरण दिनुपरेको थियो ।




