Nepali Maan TV
'

अमेरिकाको आकर्षक लोकेसनमा पूर्वमिस नेपाल अश्मी श्रेष्ठले गरिन् इन्गेजमेन्ट


Author Image
शुक्रवार, पौष २०, २०८० १:२९

काठमाडौँ । अहिले सामाजिक संजालमा पूर्वमिस नेपाल अश्मी श्रेष्ठको इन्गेजमेन्टको भिडियो निकै भायरल भएको छ । जहाँ उनलाई प्रेमीले इन्गेजमेन्ट रिङदिएका छन् भने त्यसपछि एकअर्कासँग अंगालोमा बाँधिएर चुम्बन गरेका छन् । उनीहरुले विहीबार अमेरिकाको न्युयोर्कमा इन्गेजमेन्ट गरेका हुन् ।

न्यूयोर्कको एक प्लेसमा निकै आकर्षक लोकेसनमा उनीहरुको इन्गेजमेन्ट सम्पन्न भएको थियो । त्यसो त प्रेमी शशाङ्क लाल श्रेष्ठसँग अस्मीको प्रेम सम्बन्ध केही समय अघि नै सार्वजनिक भएको थियो । उनीहरुले समाजिक संजालहरुमा एकअर्कासँगका तस्बीरहरु पनि सेयर गर्दै आएका थिए । करिब १ वर्षको प्रेमसम्बन्ध पछि अहिले भने उनीहरुले आफुहरुको प्रेमलाई थप आधिकारिकता दिएका हुन् ।

नेपाली समयानुसार बिहीबार बेलुका अस्मीले इन्स्टाग्राममा भिडियो सार्वजनिक गर्दै आफुहरुको इन्गेज भएको जानकारी दिएकी थिए । निकै रमणीय र आकर्षक लोकेसनमा भएको उनीहरुको इन्गेजमेन्ट भिडियोमा धेरैले उनीहरुलाई बधाइ मात्रै दिएका छैनन् । उक्त लोकेसनको समेत तारिफ गरेका छन् ।

भिडियोको पृष्ठभूमिमा ब्रुकलिन पुल, इस्ट रिभर र म्यानहटनको सौन्दर्य स्पष्ट देखिन्छ । भुइँमा गुलाफ छरेर माहोललाई रोमान्टिक बनाइएको छ । भुइँमा घुँडा टेकेर सशांकले अश्मीलाई इन्गेजमेन्ट औंठी लगाइदिन्छन् साथै एकआपसमा चुम्बन गर्छन् र अंगालोमा बाँधिन्छन् । अस्मीले भिडियोमा क्याप्सन लेखेकी छन् ‘उसले प्रस्ताव राख्यो, मैले स्वीकारें । हामीले इन्गेजमेन्ट गर्‍यौं, । उनको यो भिडियोमा मिस नेपालहरु प्रियंकारानी जोशी, श्रृंखला खतिवडा, मलिना जोशी, इशानी श्रेष्ठसहितका सेलिब्रेटीले समेत बधाई दिएका छन् । त्यसो त प्रेमी शशाङ्क लामोसमयदेखि अमेरिकामा बस्दै आएका छन् ।

शंशाकभन्दा अघि अस्मी भारतीय चर्चित गायक सनम पुरीसँग प्रेम सम्बन्धमा थिइन् । साथीहरूसँगै ‘सनम ब्यान्ड’ चलाइरहेका सनम सँग उनी लामो समय सम्बन्धमा बसिन् । सामाजिक संजालमा उनीहरुका अन्तरंग तस्वीरहरु पनि आएका थिए । तर केही समयमा उनीहरु टाढिए । त्यसपछि भने अस्मी शंशाकसँग नजिकिएकी थिइन् ।

अमेरिकामा बस्दै आएका सशांकसँग तस्बीर सार्वजनिक भएपछि उनीहरु बीचको प्रेमले चर्चा पाएको थियो । गत असारमा अस्मीको बर्थडेमा शंशाक नेपाल आएका थिए । अश्मीको उक्त जन्मदिन पार्टीको आयोजना सशांकले नै आयोजना गरेका थिए । उनी त्यतिबेला न्युयोर्कबाट काठमाडौं आएक थिए । उक्त बर्थडे पार्टीमा पूर्वमिस नेपालहरुसहित गायिका अभया सुब्बा समेत उपश्थित थिए । त्यसबेला सशांकले अस्मीसँगको रोमान्टिक तस्वीर सेयर गरेका थिए । त्यसपछि नै उनीहरुको प्रेमसम्बन्धले चर्चा पाएको हो ।

अश्मीले सन् २०१६ मा मिस नेपालको उपाधि जितेकी थिइन् । उनी त्यसयता मोडलिङ र म्युजिक भिडियोमा सक्रिय रहेकी छिन् । नव इन्गेजमेन्ट यी मायाँलु जोडीलाई हाम्रो तर्फबाट पनि धेरैधेरै शुभकामना ।

https://www.facebook.com/reel/667398325604908

प्रतिक्रिया (०)

सम्बन्धित खबर