काठमाडौंँ । गायक प्रकाश सपूतको नयाँ गीत ‘मुटु कटक्कै’ युट्युब ट्रेन्डिङमा पुग्न सफल भएको छ । सोमबार सार्वजनिक भएको उक्त गीतको भिडियो २४ घन्टा नबित्दै ५ लाख बढी भिउज पाउँदै युट्युब ट्रेन्डिङको १० स्थानमा आएको छ ।
मायाँ पिरतीको कथालाई भिडियोमा उतारेका सपूतले गीतमा शब्द तथा संगीतपनि आफैँ भरेका हुन् । स्वरमा उनलाई कुशल बेलबासे र प्रताप दासले साथ दिएका छन् । गीतको एरेन्ज सुदिप सागरले गरेका हुन् । मायामा पीडा पाउने पुरुषलाई मन बहलाउने ठाउँ हुने तर महिलालाई नहुने विषय उठान भएको गीतमा प्रकाश सपूत, कुशुम शर्मा, रोशनी कार्की, विजय पून लगायतको अभिनय छ । नवराज उप्रेतीको छायाँकन, प्रविन भट्टको सम्पादन रहेको गीतको भिडियो गायक सपुत आफैंले निर्देशन गरेका हुन् ।

