Nepali Maan TV
'

‘हामी तीन भाइ’ मा लक्ष्मी र आश्मा अनुबन्धित


Author Image
शुक्रवार, साउन ५, २०८० ४:३९

मधुसुदन भट्टराईको निर्देशनमा बन्ने फिल्म ‘हामी तीन भाइ’ मा अभिनेत्री लक्ष्मी बर्देवा र आश्मा गिरी अनुबन्धित भएका छन्।

निर्माण टिमका अनुसार फिल्ममा उनीहरूको मुख्य भूमिका रहनेछ। यसअघि फिल्ममा अभिनेता विनोद न्यौपाने, कुशल विष्ट र अभिनेत्री जाहन्वी बस्नेत मुख्य भूमिकामा अनुबन्धित भएका थिए। फिल्मको छायांकन साउन १० गतेदेखि सुरू गरिने बताइएको छ।

निर्देशक भट्टराईको कथा रहेको फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन्।

प्रसिद्ध सिने आर्टसको ब्यानरमा निर्माण हुने फिल्ममा विनोद, कुशल र जाहन्वीसँगै राजाराम पौडेल, रवीन्द्र झा, विष्णु सापकोटा, दीपक बिडारी, फलित राई, तारा शर्मा, भुवन कुमार काफ्ले, नयन कला फुयाँल र पवन केसीलगायत कलाकारको अभिनय रहनेछ। साजित महत प्रस्तुतकर्ता रहेको फिल्मका कार्यकारी निर्माता विक्रम तामाङ हुन्।

शिव ढकालले छायांकन गर्ने फिल्मलाई बनिष शाहले सम्पादन गर्नेछन्।

प्रतिक्रिया (०)

सम्बन्धित खबर