Nepali Maan TV
'

रामभक्त जोजिजूको ‘सिसा रहेछ’ बोलको गीतको विमोचन हुँदै


Author Image
बुधवार, असोज ९, २०८१ ६:३६

पोखरा । गायक तथा संगीतकार रामभक्त जोजिजूको नयाँ गीत ‘सिसा रहेछ’ बोलको गीतको विमोचन हुने भएको छ । आउँदो शनिबार पोखरा थिएटर गैह्रापाटनमा गीतको भिडियो सहित विमोचन हुन लागेको हो ।

जेई स्टुडियो एण्ड म्युजिक सपको आयोजनामा हुन गइरहेको कार्यक्रममा बरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठको प्रमुख आतिथ्यता रहने गायक तथा संगीतकार रामभक्त जोजिजूले जानकारी दिनुभयो । तेज श्रेष्ठ ‘अन्जान’को रचना रहेको गीतमा रामभक्त जोजिजूकै संगीत र स्वर रहेको छ ।

समारोहमा गीतको विमोचनसँगै जेई म्युजिक एकेडेमी फूलबारीका विद्यार्थीहरुको प्रस्तुती पनि रहनेछ । कार्यक्तम दिउँसो १ बजेबाट सुरु हुने बताइएको छ ।

प्रतिक्रिया (०)

सम्बन्धित खबर