Nepali Maan TV
'

‘पन्छी भए’ लिएर आउँदै गायक रामभक्त जोजिजू र गायिका ईतु जोजिजू


Author Image
बिहिवार, फागुन १०, २०८० ५:२३


काठमाडौँ । नेपाली सांगितिक क्षेत्रका लोकप्रिय जोडी गायक रामभक्त जोजिजू र गायिका ईतु जोजिजूको ‘पन्छी भए’ बोलको नयाँ गीत बजारमा आउने भएको छ।

लामो समयदेखि सांगितिक क्षेत्रमा स्थापित रहेका जोजिजू दम्पत्तिले ‘मायालाई ढाका पछ्यौरी’को सफलतापछि नयाँ गीत सार्वजनिक गर्न लागेका हुन् ।

गीतकार उमेश सि.के.को रचना रहेको उक्त गीतमा वरिष्ठ संगीतकार रञ्जित गजमेरको संगीत रहेको छ ।

जेई स्टुडियो एण्ड म्युजिक सप फूलबारीको प्रस्तुतीमा सार्वजनिक हुन लागेको उक्त गीतको भिडियो केही दिनमै ‘जोजिजू इन्टरटेनमेन्ट’ यूट्युब च्यानल मार्फत सार्वजनिक हुनेछ ।

प्रतिक्रिया (०)

सम्बन्धित खबर