Nepali Maan TV
'

३ जनाको हत्यापछि राजुले फोन गरेर भनेका थिए– ‘छोराको भविष्य बनाइदेऊ, बैंकमा पैसा छ’


Author Image
बिहिवार, फागुन १०, २०८० ५:०४


काठमाडौँ । सितापाइलामा श्रीमती, छोरी र नातिनीको हत्यापछि राजु घिमिरे भन्ने काजी बिक फोन गर्दै बाहिर निस्किए । ससुरालाई फोन गरेर उनले छोरी र नातीनीहरुको हत्या गरेर आफु पनि मर्न जान लागेको बताएका थिए । नागार्जुन नगरपालिका–६ भैरवटोल स्थित डेराबाट निस्केपछि उनले छोरालाई आफुले आमा र बहिनीको हत्या गरेको बताएका थिए । र उनी आफैँले छोरालाई मोबाइल दिएर भिडियो रेकर्ड गर्न समेत लगाए । भिडियोमा उनले आफुले श्रीमती छोरी र नातीनीको हत्या गरेको र अब आफुपनि मर्ने बताएका थिए भने छोरालाई आफ्नो भविष्य बनाउन आग्रह गरेका थिए ।

त्यसो त बुधबार उनले योजनाबद्ध रुपमा नै उक्त घटना घटाएका थिए । राजुले छोरालाई दुनोट किन्न भनेर पसल पठाए र त्यही बेलामा उक्त घटना घटाएका थिए । घरमा जेठी बुहारी पनि थिइन् तर उनी काममा निस्किसकेकाले बच्न सफल भइन् । यता घर बाहिर भेटिएका कान्छो छोालाई भने उनले केही गरेनन् । किनकी राजुले कान्छो छोरालाई धेरै मायाँ गर्थे । १५ वर्षका छोरा अनिसले बुबालाई रोक्न समेत खोजेका थिए । तर उनी रोकिएनन् । बाटोमा आफन्त र नातेदारलाई फोन गर्दै उनी नागर्जुन ह्वाइट गुम्बाको बाटो तर्फ लागेका थिए । फोनमा आफन्तहरुलाई फोन गरेर राजुले छोराको भविष्य बनाइदिन अनुनय गरेका थिए ।

छोरा अनिस ८ कक्षा पढ्छन् । उनकै भविष्य बनाउन आफुले यो हत्या गरेको समेत उनले भिडियोमा बताएका छन् । उनले सालीलाई फोन गरेर भनेका थिए दुईवटा बैँकमा पैसा छ, चेकबुक र खाता नम्बर डेरामा छ । बैँकमा पैसा छ, छोराको भविष्य बनाइदेऊ ।’ यति भनेर उनले आफुले पनि आतमहत्या गर्न लागेको बताएका थिए । आफन्तहरूले त्यस्तो निर्णय नगर्नुस्, फर्किनुस् भन्दा उनी मानेनन् । त्यसको केही घण्टामै नागार्जुन नगरपालिका–५ स्थित जंगलमा झुन्डिएको अवस्थामा उनको शव फेला परेको थियो ।

हत्याको कारण ‘विवाहेत्तर सम्बन्ध’

हत्यापछि आत्महत्या गर्नुको कारण ‘विवाहेत्तर सम्बन्ध’ रहेको प्रहरी अनुसन्धानमा देखिएको छ । सोलखुम्बुको दूधकुण्ड घर भएका राजु सितापाइलामा परिवार सहित भाडामा बस्दै आएका थिए । परिवारमा श्रीमती सहित कान्छो छोरा एक छोरी जेठी बुहारी र एक नातीनी थिए । जेठो छोरा भने हाल विदेशमा छन् । पेशाले उनी डकर्मी हुन् । फर्निचरहरुमा काठको काम गर्दै आएका राजुको पारिवारिक सम्बन्ध भने पछिल्लो समय विग्रिँदै गएको थियो ।

प्रेमकुमारीको काजीसँग दोस्रो विवाह हो। काजीसँग विवाह गर्दा प्रेमकुमारीको अघिल्लो पतिबाट एक छोरा थिए, उनले छोरासहित राजुसँग विहे गरेकी थिइन् । उनी अहिले विदेशमा छन्। तर बुहारी भने सँगै बस्दै आएकी थिइन् । राजुले काम गरेर परिवारलाई राम्रैसँग पालिरहेका थिए । तर पछिल्लो समय एकाएक श्रीमतीको आनीबानीमा परिवर्तन आउन थाल्यो ।

उनी श्रीमानसँग टाढा हुन थालिन् । कारण थियो, उनी कोही अर्कै पुरुषसँग सम्बन्धमा थिइन् । राजुले श्रीमतीलाई कयौँपटक परपुरुषसँग सँगै भेटेका थिए । श्रीमतीको यो गतिविधि देखेर राजु दिक्क भइसकेका थिए । उनले श्रीमतीलाई परपुरुषसँग छुटाउन बारम्बार प्रहरीसम्म पनि धाएका थिए । उनले प्रहरी बृत्त स्वयम्भूमा आफ्नी श्रीमतीलाई अर्को पुरुषले जबर्जस्ती करणी गरेको भन्दै उजुरी समेत दिएका थिए । तर प्रेमकुमारीले पछि सोही पुरुषसँग विवाह गर्छु भन्न थालेपछि घरायसी झगडाले चरम अवस्थामा लिन थाल्यो । श्रीमतीको यस्तो ब्यबहारबाट दिक्क भएका राजुले अन्तत श्रीमतीलाई नै सिध्याउने र आफुपनि नरहने सोचे । त्यही योजना अनुरुप फागुन ९ गते बुधबार विहान उनले करिब ८ बजेतिर श्रीमती, छोरी र नातीनीको हत्या गरेका थिए। हत्यापछि आफुले पनि आत्महत्या गर्न पुगे ।

प्रतिक्रिया (०)

सम्बन्धित खबर